• ट्रेण्डिङ्ग :
गुणस्तरहीन काम गर्नेलाई सरकारले छाड्दैन : मुख्यमन्त्री आचार्य

गुणस्तरहीन काम गर्नेलाई सरकारले छाड्दैन : मुख्यमन्त्री आचार्य


  • 2.2K
    SHARES
    • भाद्र २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.4K Views

    गुणस्तरहीन काम गर्नेलाई सरकारले छाड्दैन : मुख्यमन्त्री आचार्य

    अर्घाखाँची, २१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले योजना कार्यान्वयनको क्रममा हुने वदमासि नसहने र गुणस्तरहिन काम गर्नेलाई सरकारले नछाड्ने बताउनु भएको छ । मालारानी गाउँपालिका अर्घाखाँचीले शुक्रवार आयोजना गरेको बधाई, स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आर्चायले समयमा काम नसक्ने तथा गुणस्तरहिन काम गर्नेलाइ सरकारले नछाड्ने बताउनु भएको हो ।

    images

    'कामको जिम्मा लिने तर, समयमा सम्पन्न नगर्ने, काम गरेपनि कमजोर संरचना बनाउनेलाई पनि सरकारले निगरानीमा राख्छ ।' उहाँले भन्नुभयो 'पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने, पछि त्यसको जिम्मेवारी निर्माण कम्पनीले लिनेगरी सम्झौता हुनेछ ।' उपभोक्ता समितिको नाममा ठेकेदारले काम गर्ने तर, त्यसको जिम्मेवारी कसैले नलिने अवस्थाले गर्दा विकृति बढेको बताउनु भयो । विकास निर्माणको काममा गुणस्तर कायम राख्न  सरोकारवाला निकायलाई निर्देशन समेत दिनु भएको छ ।

    WhatsApp Image 2024-09-06 at 6.57.35 PM.jpeg

    मुख्यमन्त्री आर्चायले प्रदेश सरकारले सबै क्षेत्रमा सुशासन गर्नेगरी आफ्ना गतिविधि अघि बढाएको बताउनु भयो । मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेर सुशासनको थालनि गरेको स्पष्ट पार्नु भयो । यस्तै विशिष्ट व्यक्तिहरूले पदबाट हटेपछि पनि सरकारबाट सुविधा पाउने व्यवस्था थियो । तर, आचार्य नेतृत्व सरकारले विशिष्ट व्यक्तिलाई दिने सेवा सुविधा दिने निर्णय खारेज गरेर प्रदेश सरकारलाई आर्थिक भारबाट मुक्त गरेको छ ।

    सरकारले पुरक बजेट नल्याउने, एक रुपैयाँ पनि रकमान्तरण नगर्ने स्पष्ट पार्नु भयो । चालु आर्थिक बर्षको लागि स्वीकृत बजेटको पूर्ण कार्यन्वयन गर्न सरकार दृढ रहेको जानकारी दिनुभयो । यस्तै सूरू भएका योजनालाइ सम्पन्न गर्नेगरी सरकारले योजना बनाएको समेत बताउनु भयो । मुख्यमन्त्री आर्चायले ठेकदारले काम गरेर पैसा नपाएको गुनासो बारे आफू जानकार रहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशमा त्यो समस्या हल गर्न सरकार प्रतिवद्व रहेको बताउनुभयो ।

    कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, गाउँपालिका प्रवक्ता तिलक मिश्र, गाउँकार्यपालिका सदस्य लिलबहमदुर विक, नेपाली कांग्रेस मालारानी गाउँपालिका सभापति शोभाखर खनाल, नेकपा एमालेका कार्यवहाक अध्यक्ष विष्णु मिश्र लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


    तेस्रो आँखा