• ट्रेण्डिङ्ग :
एमसीसीबारे पार्टीगत धारणा सार्वजनिक गर्दै लोसपा 

एमसीसीबारे पार्टीगत धारणा सार्वजनिक गर्दै लोसपा 


  • 6.3K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    एमसीसीबारे पार्टीगत धारणा सार्वजनिक गर्दै लोसपा 

    काठमाडौं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लाेसपा)को संसदीय दलको बैठक आज बस्दैछ। मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा आफ्नो धारणा बनाउन  बैठक बोलाइएको लाेसपाले जनाएकाे छ। बैठकमा एमसीसीबारेमा छलफल हुनेछ। 

    images

    एमसीसी बारेमा लाेसपाका नेताहरूको व्यक्तिगत धारणा आएपनि पार्टीको आधिकारिक धारणा भने अहिले सम्म आएको छैन। एमसीसीबारे पार्टीको धारणा बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताइएकाे छ। बैठकले एमसीसीबारे पार्टीकाे आधिकारीक धारणा तय गर्नेछ । ​

    लोसपा सुरुदेखि नै एमसीसीको पक्षमा रहेको छ । पार्टीका नेताहरू पनि एमसीसी पास हुनुपर्छ भन्ने एकमत रहेको छ। लाेसपाले आज संसदीय दलको बैठक बसी त्यसको आधिकारिक धारणा पार्टीमा सर्कुलर गर्नेछ ।

     


    तेस्रो आँखा