• ट्रेण्डिङ्ग :
गृहमन्त्री खाँणसँग ओलीले भने– 'एमसीसीको विषयमा एमाले स्पष्ट छ, हामीलाई न्याय दिनोस्'  

गृहमन्त्री खाँणसँग ओलीले भने– 'एमसीसीको विषयमा एमाले स्पष्ट छ, हामीलाई न्याय दिनोस्'  


  • 5.6K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    गृहमन्त्री खाँणसँग ओलीले भने– 'एमसीसीको विषयमा एमाले स्पष्ट छ,  हामीलाई न्याय दिनोस्'  

    काठमाडौं, ११ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटर्वार्ता भएकाे भएकाे छ।  बुधबार बिहान ओलीलाई भेट्न खाँण बालकोट पुगेका थिए।

    images

    भेटका क्रममा ओलीले एमसीसीको विषयमा एमाले स्पष्ट रहेको बताए। उनले संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको गुनासाे समेत गरे । 'कानून सबै दललाई समान रुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन,' ओलीले गृहमन्त्री खाँणसँग भने 'हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं'  

    यस्तै, गृहमन्त्री खाँणले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग गर्न आग्रह गरेका थिए। 

    एमसीसीका कारण सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन्। मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। 

    प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ । 

    सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् । 


    तेस्रो आँखा