• ट्रेण्डिङ्ग :
ईन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु :मन्त्री पाण्डे

ईन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु :मन्त्री पाण्डे


  • 2.2K
    SHARES
    • भाद्र २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.3K Views

    ईन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु :मन्त्री पाण्डे

    काठमाडौँ, २४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद  पाण्डेले ईन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताउनुभएको छ ।  

    images

    ईन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा आज सरोकारवाला निकायहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले  ईन्द्रजात्राको अक्षय कोषलाई रु पाँच करोडबाट बढाएर रु १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाउनुभयो । उहाँले ईन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

    मन्त्री पाण्डेले जात्राको अवसरमा विगतमा देखिएका कमी कमजोरी सच्याएर भव्य र सभ्य रूपमा सफल पार्न आह्वान गर्नुभयो । ईन्द्रजात्रा आगामी असोज १ गते मनाइने भएको छ ।

     


    तेस्रो आँखा