रोल्पा २५ भदौ । सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरमा लुङ्ग्री र फगाम खोलाको दोभानबाट एक महिला वेपत्ता भएको खबर प्राप्त भएको छ ।
मानसिक सन्तुलन गुमेकी महिला खोलामा हाम फाल्न जादा खोलाले बगाएको स्थानीयको भनाई रहेको छ । वेपत्ता हुनेमा दाङ घर भएकी करिब २८ वर्षिया सुमित्रा नेपाली रहेको बुझिएको छ । उनी सुलिचौरमा मजदुर गर्दै आएको पाईएको छ ।
प्रहरी नायब निरीक्षक भास्कर गिरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सुलिचौर र खुंग्री प्रहरी परिचालन गरि खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ।
