• ट्रेण्डिङ्ग :
‘उपसभामुखको अपमान भयो’ : सांसद पौडेल

‘उपसभामुखको अपमान भयो’ : सांसद पौडेल


  • 2.5K
    SHARES
    • भाद्र २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.8K Views

    ‘उपसभामुखको अपमान भयो’ :  सांसद पौडेल

    काठमाडौँ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ । 

    images

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक्तिशाली सरकारले हटाउने विषय लोकतन्त्र सम्मत हँुदैन भन्नुभयो । “एक सामाजिक अभियन्ता तथा जनजाति महिला उपसभामुखमाथि राजीनामाका लागि गरिएको व्यवहार लोकतान्त्रिक संस्कार पनि होइन । शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप पनि छैन”, उहाँले भन्नुभयो ।

    “उपसभामुखको राजीनामाको विषय मिडियामा  आएको थियो तर संसद्मा प्रवेश गरिसकेपछि हावा मात्रै हैन अभियान नै चलेको रहेछ,” सांसद पौडेलले भन्नुभयो, “समाजिक सेवामा काम गरेको व्यक्तिलाई हटाउने कुरा दुःखदायी भएको र यसले लोकतन्त्रलाई सुदृढ गर्दैन ।”

    सांसद पौडेलले ठूला अनियमितता र भ्रष्टाचारमा मुछिएकालाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । विपद्जन्य घटनाबाट पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न  सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।


    तेस्रो आँखा