काठमाडौं, ११ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तागठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।
बुधवार नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन्।
उनले राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने अवस्था भने नभएको बताए ।
