• ट्रेण्डिङ्ग :
छ दल र दुई मोर्चा सम्बद्ध सांस्कृतिक संगठनहरुद्वारा एमसीसी खारेजीको माग

छ दल र दुई मोर्चा सम्बद्ध सांस्कृतिक संगठनहरुद्वारा एमसीसी खारेजीको माग


  • 6.4K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    छ दल र दुई मोर्चा सम्बद्ध सांस्कृतिक संगठनहरुद्वारा एमसीसी खारेजीको माग

    काठमाडौं, ११ फागुन। छ दल र दुई मोर्चा सम्बद्ध सांस्कृतिक संगठनहरुले एमसीसी सम्झौता खारेजिको माग गर्दै नयाँ बानेश्वरमा विरोध सभा गरेका छन्।

    images

    अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल जनसांस्कृतिक महासंघ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल सांस्कृतिक युनियन र अखिल नेपाल जनसांस्कृतिक संघद्वारा संयुक्त रुपमा विरोध सभा गरेको हुन् ।

    274234985_369294681383125_8680903832824974726_n.jpg

    विरोध कार्यक्रममा उनीहरुले विभिन्न कविता, नृत्य, गित प्रस्तुत गरेर एमसीसी खारेजीको माग गरेका छन्। एमसीसी राष्ट्रघाती भएको र यसलाई कार्यान्वयन गर्न खोज्ने दलहरु तथा नेताहरु स्वार्थी भएको भन्दै उनीहरुले आफ्नो साहित्य र सांस्कृतिक विद्यामार्फत त्यसको विरोध गरेका हुन् ।

    273884525_1344548679396485_4456882925650614525_n.jpg

    एमसीसी सम्झौता खारेजी नभएसम्म आफूहरुले यस्ता कार्यक्रमहरु जारी राख्ने उनीहरुको भनाइ छ। विगतदेखि नै एमसीसी सम्झौताको खारेजीको माग गर्दै छ दल र दुई मोर्चाले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । 

    272907362_298672852250711_2853342368087247057_n.jpg


    तेस्रो आँखा