• ट्रेण्डिङ्ग :
एमसीसीबारे बुझ्दै नबुझी भ्रम फैलाइयो –नेता विश्वकर्मा

एमसीसीबारे बुझ्दै नबुझी भ्रम फैलाइयो –नेता विश्वकर्मा


  • 6.9K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    एमसीसीबारे बुझ्दै नबुझी भ्रम फैलाइयो –नेता विश्वकर्मा

    काठमाडौं, ११ फागुन। प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेपालमा एमसीसीबारे बुझ्दै नबुझी भ्रम फैलाउने काम भएको बताएका छन्।

    images

    बुधबार नेपाल विद्यार्थी संगठन, त्रिचन्द्र  क्याम्पसले आयोजना गरको एमसीसीः भ्रम र यथार्थ विषयक छलफलमा नेता विश्वकर्माले नेपालका केही व्यक्तिले एमसीसीलाई बुझ्दै नबुझी यसको गलत व्याख्या गरेर जनतामा भ्रम फैलाउने काम गरेको बताएका हुन्।

    ‘एमसीसी अमेरिकाले नेपाललाई दिएको सहयोग हो। एमसीसी कार्यान्यनमा आएपछि अमेरिकाको सेना आउने, नेपाललाई अमेरिकाले कब्जा गर्ने, अमेरिकाको कानून लाग्ने लगायत जति पनि विषयहरुमा प्रश्न उठाएर भ्रम फैलाउने काम भएको छ यसमा सत्यता छैन।’, उनले भने ‘ एमसीसी सम्झौताको गलत व्याख्या गरिएको कारणले अहिले जनतामा पनि एक खालको भ्रम देखिएको छ तर उक्त भ्रममा नपर्न र भ्रमलाई चिर्न सबैलाई अनुरोध गर्दछु।’

    कांग्रेस नेपाललाई माया गर्ने र विकास गर्न अग्रसर हुने पार्र्टी भएको कारणले कांग्रसले देशलाई हानी हुने काम कहिल्यै नगर्ने कुरामा ढुक्क हुन पनि विश्वकर्माले अनुरोध गरे। यदी एमसीसी गलत भएको भए अरुले गरेको सम्झौता कार्यान्वयन गर्न कांग्रेस अग्रसर नहुने भन्दै एमसीसी नेपालको हितमा रहेको उनको भनाइ थियो।  


    तेस्रो आँखा