तुलसीपुर २८ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिरेन्द्रकुमार शाह र वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकालले पालिकाको २५ औं कार्यपालिका बैठक बहिष्कार गर्नु भएको छ ।
शुक्रबार जारी बैठकमा २२ वटा एजेण्डाहरु माथि छलफल भएको थियो । बैठक अहिले पनि जारी छ । विद्युतिय सामान खरिद गर्दा अगाबै रकम भुक्तानी गरेको बिषयमा चर्को बिबाद हुँदा उहाँहरु बैठक बहिस्कार गरेर निस्कनु भएको हो । वडाध्यक्ष शाह र ढकालले बैठकको एजेन्डा नै च्यातेर बाहिरनुभएको हो ।
