• ट्रेण्डिङ्ग :
पानीको गुणस्तर परिक्षण गरेर मात्रै उपभोक्तालाई खुवाउने ग्यारेन्टी सरकारले गर्छ : आचार्य

पानीको गुणस्तर परिक्षण गरेर मात्रै उपभोक्तालाई खुवाउने ग्यारेन्टी सरकारले गर्छ : आचार्य


  • 2.4K
    SHARES
    • भाद्र २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.6K Views

    पानीको गुणस्तर परिक्षण गरेर मात्रै उपभोक्तालाई खुवाउने ग्यारेन्टी सरकारले गर्छ : आचार्य

    बुटवल २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले योजना निर्माण गरेको बताउनु भएको छ । गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको बताउनु भएको हो ।

    images

    रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  एक घर/एक धाराुको अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाइ सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।,प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै छ । कपिलवस्तुमा ल्याव खोल्दै छौं । खानेपानीको गुणस्तर परिक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याव स्थापना गर्दैछौं,उहाँले भन्नुभयो-चालू बर्षमा १६८ खानेपानी आयोजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य राखेका छौं ।

    योजनाबद्द विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउदै समृद्ध प्रदेश, आत्मनिर्भर  लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेको बताउनु भयो । प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ  भन्ने मान्यताकासाथ कार्यक्रमहरू गरिरहेका छौं,उहाँले भन्नुभयो-योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा खानेपानी, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिको अभियान सफल बनाउन सक्छौं । 

    मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनको उद्घाटन र रजत स्मारिकाको विमोचन गर्नु भएको छ । रजत जयन्ती मनाउदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्नेखनीय रहेको मुख्यमन्त्री आचार्यले बताउनु भयो । 

    यो खानेपानी तथा सरसफाइ संस्था लुम्बिनी प्रदेशको अग्रणी खानेपानी संस्था हो । उपभोक्ताहरुको अथक मेहनत र परिश्रमका कारण यो खानेपानी आयोजना यहाँसम्म आइपुरगेको महशुस मुख्यमन्त्री आचार्यले गर्नु भएको छ । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पुर्‍याउने लक्ष्य सरकारले पूरा गर्नुपर्ने बताउनु भयो । 

    तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जिवनको लागि भएको बताउनु भयो। सुरक्षित खानेपानीका लागि प्रदेश सरकार संग समन्वय गरिने उहाँले बताउनु भयो । प्रदेश सभा सदस्य भगवती अधिकारीले  नागरिहरुलाइ सहज रुपमा गुणस्तरीय पानी पुर्‍याउने संकल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्रज्वल बोहोरा लगायतले सम्बोधन गर्नु भएको थियो । संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले कुलो, कुवा, इनार र खोलाको पानी खानुपर्ने अवस्था अन्त्य गरेर नागरिकहरुलाइ गुणस्तरीय खानेपानी पुर्‍याउन सफल भएको बताउनु भयो । कार्यक्रमको सहजिकरण  संस्थाका सचिव कमला ज्ञवालीले गर्नु भएको थियो ।


    तेस्रो आँखा