• ट्रेण्डिङ्ग :
कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुस् : मुख्यमन्त्री आचार्य

कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुस् : मुख्यमन्त्री आचार्य


  • 3.1K
    SHARES
    • भाद्र २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुस् : मुख्यमन्त्री आचार्य

    वुटवल, २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिनु भएको हो । 

    images

    सवारी साधन चलाउनमा आईपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजीकरण गर्ने भएकाले सवारी साधनलाई कामविहिन बनाएर नराख्न निर्देशन दिनुभयो । ‘कसरी हुन्छ ती सवारी साधन चलाउनुस् । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं’ उहाँले भन्नुभयो, ‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी काम विहिन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन । कानुनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउछौंं ।’

    E2V40wZ-.jpg

    लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा ६ वटा बस र  १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारी साधन प्राप्त भएको थियो । हाल ती सवारी साधन नियमित सञ्चालनमा छैनन् । विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पुर्याउने उद्देश्य थियो । 

    एसियाली विकास बैंकको अनुदान, भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रकम खर्च भएको छ । हाल यी सवारी साधन लुम्बिनी विकास कोषको नाममा दर्ता भएका छन् ।


    तेस्रो आँखा