• ट्रेण्डिङ्ग :
एमसीसी : प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

एमसीसी : प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल


  • 7.0K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    एमसीसी : प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

    काठमाडौं १२ फागुन। सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। 

    images

    तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। बिहीबार बिहान प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए। दुई नेताबीच छलफलको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सहभागी भएका हुन्।

    शर्माकाअनुसार तीन नेताबीच एमसीसीको विषयमा करिब आधा घन्टा छलफल भएको थियो। सरकार तत्कालै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सदनबाट अनुमोदन गराउने तयारीमा छ भने माओवादी केन्द्र संशोधनविना अनुमोदन गराउने पक्षमा छैन। एकीकृत समाजवादीमा भने दुई धार देखिएको छ।


    तेस्रो आँखा