• ट्रेण्डिङ्ग :
पोषण तथा खाद्य सुरक्षा सम्बन्धी छलफल

पोषण तथा खाद्य सुरक्षा सम्बन्धी छलफल


  • 6.4K
    SHARES
    • भाद्र ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 9.8K Views

    पोषण तथा खाद्य सुरक्षा सम्बन्धी छलफल

    तुलसीपुर, ३० भदौ । पोषणमार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत तुलसीपुरमा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालासँग बैठक तथा छलफल कार्यक्रम भएको छ । वेस, एचआइटीको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी जानकारी गराइएको थियो । 

    images

    तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको अध्यक्षता एवं उपमहानगर प्रवक्ता तथा तुलसीपुर–१८ का वडाध्यक्ष माधव वली, सुशासन समिति संयोजक धर्मराज वली, वडा १६ का अध्यक्ष शिवानन्द डिसीलगायतको आतिथ्यमा कार्यक्रम भएको हो । 

    उक्त कार्यक्रमका अध्यक्ष मेयर खड्काले बजारमा पाइने विषादीयुक्त तरकारी, जंकफुड, केमिकल राखेको जुस खानाले नै मानव स्वास्थ्यमा गम्भिर असर गरेको बताउनु भयो । उत्पादनमुखी व्यवसायका कारण बढ्दो विषादी प्रयोग गरेको खाना विशेषगरी सुत्केरी र बालवालिकालाई प्रत्यक्ष असर पारेका बताउनु भयो । 

    त्यस्तैगरी परियोजनाका केन्द्रीय निर्देशक राजन मण्डलले विश्वका देशहरुमध्ये सबैभन्दा कमजोर बौद्धिक क्षमता भएको नेपाली नागरिक रहेको बताउनु भयो । उहाँले बालवालिकाको स्वास्थ्यप्रति बुवाआमाको गलत सोचाइ र कुपोषणकै कारण बौद्धिक क्षमतामा कमी आउने बताउनु भयो । परियोजनामार्फत सबैको सहयोगले तुलसीपुर क्षेत्रका बच्चा र आमाको स्वास्थ्यमा केही परिवर्तन गर्ने गरी काम गर्नुपर्ने बताउनु भयो ।
     

    WhatsApp Image 2024-09-15 at 12.36.11 PM (1).jpeg


    तुलसीपुर स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेशका वरिष्ठ परियोजना अधिकृत भरत शर्माले कुपोषणका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले कुपोषणको वर्गीकरण, कुपोषण हुने कारण र कुपोषणका प्रभावबारे स्पष्ट पार्नु भएको थियो ।  

    त्यस्तैगरी वेस संस्थाका शुरेस चौधरीले परियाजनाका लक्ष्य, कार्यक्रम तथा गतिविधिहरुलगायतका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक बिमल केसीले गर्नुभएको थियो ।


    तेस्रो आँखा