काठमाडौं, १२ फागुन । कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। नयाँबानेश्वरस्थिथत संसद भवनमा जारी समितिको बैठकले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्नेछ।
बिहीबार दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल गरियोस् भन्दै प्रस्ताव पेस हुने बुधबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको थियो।
एमसीसी अनुमोदन गर्न नहुने भन्दै आन्दोलनन भइरहेका बेला सत्तारुढ दल पनि विभाजित भएका छन्।
