• ट्रेण्डिङ्ग :
नेकपा एसका मन्त्री एमसीसीको पक्षमा, नेताहरू विपक्षमा 

नेकपा एसका मन्त्री एमसीसीको पक्षमा, नेताहरू विपक्षमा 


  • 5.8K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    नेकपा एसका मन्त्री एमसीसीको पक्षमा, नेताहरू विपक्षमा 

    काठमाडौं, १२ फागुन । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरू एमसीसीको पक्षमा उभिँदा नेताहरू भने विपक्षमा देखिएका छन् । 

    images

    नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन् । शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन् । 

    नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा छन् । 

    तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा खुलेका छैनन् । तर, पार्टीको निर्देशनमा नेकपा एसनिकट भ्रातृ संगठनका नेता कार्यकर्तामा एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।  
     


    तेस्रो आँखा