• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट


  • 2.7K
    SHARES
    • भाद्र ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.1K Views

    प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

    काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गर्नुभएको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरागरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिनुभयो  ।

    images

    भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ–आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो । 

    भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।


    तेस्रो आँखा