• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण

प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण


  • 2.9K
    SHARES
    • भाद्र ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण

    काठमाडौँ, ३० भदौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ । 

    images

    आज दिउँसो १ बजेका लागि निर्धारण भएको बैठक प्रमुख दलका सचेतकहरुसँगको छलफलका कारण अनौपचारिक रुपमा एक घण्टा पर सारिएको थियो ।

    संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले छलफलका लागि समय माग गरेको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘जनयुद्ध’ लाई अपमान गर्ने भाषा नसच्याउँदासम्म बैठकमा विरोध जारी रहने निर्णय गरेको जनाएको छ ।

    सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सभामुखले प्रतिनिधिसभाको बैठकको नयाँ समय निर्धारण गर्नुभएको जानकारी दिनुभएको छ । 


    तेस्रो आँखा