• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश सभाको ३४ औं बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची

लुम्बिनी प्रदेश सभाको ३४ औं बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची


  • 2.3K
    SHARES
    • भाद्र ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.5K Views

    लुम्बिनी प्रदेश सभाको ३४ औं बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची

    दाङ ३१ भदौ । लुम्बिनी प्रदेश सभा चौथो अधिवेसनको ३४ औं बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन २०८०/०८१ सभामा पेश गर्नुहुने भएको छ ।

    images

    साथै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

    स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ सहित मन्तव्य राख्ने कार्यसूची रहेको छ । साथै बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक बिषयमा बोल्ने समेत कार्यसूची राखिएको छ ।


    तेस्रो आँखा