• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाः प्रस्ताव स्वीकृत

राष्ट्रियसभाः प्रस्ताव स्वीकृत


  • 2.5K
    SHARES
    • भाद्र ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    राष्ट्रियसभाः प्रस्ताव स्वीकृत

    काठमाडौँ, ३१ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभएको ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । 

    images

    उक्त प्रस्तावमाथिको छलफलमा पदमबहादुर परिवारले रेडियो भूमिकाको सन्दर्भमा स्पष्ट पार्नुपर्ने सुझाव दिनुभएको छ । 

    सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मन्त्री गुरुङले राष्ट्रियसभामा मुस्लिम आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । 

    राष्ट्रियसभा नियमावली २०७५ को नियम १८४ को उपनियम (३) बमोजिम माननीय सदस्यहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत भएको छ ।


    तेस्रो आँखा