• ट्रेण्डिङ्ग :
प्रदेश सभामा निजामती सेवा ऐन संसोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश

प्रदेश सभामा निजामती सेवा ऐन संसोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश


  • 3.3K
    SHARES
    • भाद्र ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.0K Views

    प्रदेश सभामा निजामती सेवा ऐन संसोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश

    दाङ ३१ भदौ । लुम्बिनी प्रदेश सभामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ । प्रदेश सभाको चौथो अधिवेसनको ३४ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले  प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गर्नु भएको हो । आजै पाँच बजे बस्ने ३५ औं बैठकमा संसोधन विधेयक पारित गर्ने तयारी छ । 

    images

    बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधि भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन २०८०/८१ सभामा पेश गर्नु भएको छ । सभाले यो प्रतिवेदनलाई अध्ययनका लागी प्रदेश मामिला तथा कानुन समितिमा पठाएको सभामुख तुलाराम घर्ती मगरले सभा समक्ष जानकारी दिनुभयो ।

    बैठकमा स्वास्थ्य मन्त्री खेम बहादुर सारु र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले अघिल्ला बैठकमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनु भएको छ । सोमवारको बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक बिषयमा धारणा राख्दै जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।


    तेस्रो आँखा