• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश सभाको चालु अधिवेसन अन्त्य

लुम्बिनी प्रदेश सभाको चालु अधिवेसन अन्त्य


  • 3.8K
    SHARES
    • आश्विन १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.8K Views

    लुम्बिनी प्रदेश सभाको चालु अधिवेसन अन्त्य

    दाङ १ असोज । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन गएराती १२ बजे देखि अन्त्य भएको छ ।  प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य गर्नु भएको हो । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

    images

    मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसको आधारमा प्रदेश प्रमुख घर्तीमगरले संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेसन अन्त्य गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभाको चालु अधिवेसनमा ३५ वटा बैठक बसेका थिए ।

    यो अवधिमा प्रदेश सभाले स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको थियो ।


    तेस्रो आँखा