• ट्रेण्डिङ्ग :
राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली

राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली


  • 2.8K
    SHARES
    • आश्विन १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली

    काठमाडौं, १ असोज । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।

    images

    उहाँसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’,  पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती,  स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली दिनुभएको थियो ।

    नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उहाँसँगै आमा ६१ बर्सिया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष  जसबहादुर सिर्पालीको पनि निधन भएको थियो ।

    Screenshot 2024-09-17 130609.jpg


    तेस्रो आँखा