दाङ २ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवामा ट्याटरको ठक्करबाट पैदलयात्री घाइते भएकी छन् । बुधबार दिउँसो करिब सवा २ बजेको समयमा खर्चवाबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ त १६०१ नं।को ट्याक्टरले पैदल यात्री जुम्ला तातोपानी ३ घर भई हाल खर्चवामा बस्ने २२ वर्षीया सोनिया खत्री घाइते भएकी हुन् ।
खत्रीलाई बाया खुट्टा र कम्मरमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भइ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । खत्रीको अवस्था मध्यम छ । ट्याक्टर र चालक तुलसीपुर ६ बस्ने ५० वर्षीय लोक बहादुर चौधरीलाई नियन्त्रणा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
