• ट्रेण्डिङ्ग :
मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल

मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल


  • 2.2K
    SHARES
    • आश्विन २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.4K Views

    मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल

    काठमाडौँ, २ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच आज छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा उहाँहरुबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो । 

    images

    भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताउनुभयो । दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने उहाँको भनाइ थियो । 

    छलफलका क्रममा वरिष्ठ कलाकार आचार्यले पनौती–नमोबुद्ध–दाप्चा सडक निर्माणका लागि आवश्यक बजेटको व्यस्था गरिदिन मन्त्री दाहाललाई आग्रह गर्नुभयो । 

    मन्त्री दाहालले आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गर्ने कुरालाई आफूले प्राथमिकता दिएको बताउनुभयो । 


    तेस्रो आँखा