• ट्रेण्डिङ्ग :
जव दिलबहादुर काठको कोशी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी ....

जव दिलबहादुर काठको कोशी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी ....


  • 2.7K
    SHARES
    • आश्विन २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.1K Views

    जव दिलबहादुर काठको कोशी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी ....

    दाङ २ असोज । शिरमा ढाका टोपी । खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी । उमेरले ६० बर्ष पुग्नु भएका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आईपुग्नु भयो । दशैं खर्च माग्न आउनु भएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिनुभयो । सुर्खेतमा बस्दै आउनु भएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार यहाँ आईपुग्नु भएको हो ।

    images

    ‘यो काठको कोशी हो । हातैले बनाएको । यस्तो कोशी बनाउन थालेको धेरै भइसक्यो’उहाँले भन्नुभयो,‘मुख्यमन्त्री ज्यू, दशैं त आईहाल्यो त । खर्च चाहियो ।’ दशैं खर्च माग्न यसपाली शाही एक्लै लुम्बिनी प्रदेश सम्म आईपुग्नु भएको छ । ‘साथिहरु आउन थालेका थिए । गाडी चढ्न डराए’उहाँले भन्नुभयो,‘मरे मै मरुला भनेर आएँ ।’

    राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक बर्ष दशैंको खर्चको लागि प्रदेश सरकारमा धाउदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रो संग दशैं मनाउन दिबहादुर मार्फत सन्देश पठाउनु भएको छ ।

    WhatsApp Image 2024-09-18 at 5.14.30 PM (1).jpeg


    तेस्रो आँखा