काठमाडाैं,१२ फागुन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरेका छन् ।
एमाले अध्यक्ष ओलीसँग विदेश विभाग प्रमुख सङ ताओ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो सम्वाद गरेका छन् । भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ ।
नेपालमा अमेरिकी सहयाेग परियाेजना(एमसीसी) का विषयमा भैरहेका पक्ष विपक्ष टिप्पणी, सडक आन्दाेलन, संसद अवरूद्दकाे समयमा चीनीया अधिकारीसँगकाे संवादलाइ महचत्वका साथ हेरिएकाे छ । संसदमा टेबल भएकाे एमसीसीका विषयमा चीनले चासाे व्यक्त गरेकाे छ ।
