दाङ, ५ असोज । लमही-घोराही सडक खण्ड अवरुद्ध भएको छ । घोराही उपमहानगरपालिका-३ मुसोट खोला उकालोमा सिमेन्ट उद्योगको खरानी बोकेको ट्रक र टिप्पर एक आपसमा ठक्कर खाँदा सडक अवरुद्ध भएको हो । रा १ क १३४८ नम्बरको ट्रक र ना ७ ख ५६७५ नम्बरको टिप्पर ठोक्किदा बाटो अवरुद्ध भएको छ ।
लमहीबाट घोराही जाने सवारीसाधन र घोराहीबाट लमही आउने सवारीसाधन विचमा अलपत्र परेका छन । अवरुद्ध सडक खुलाउने बिषयमा घटनास्थलमा प्रहरी परिचालन भएको छ ।
