दाङ ६ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टीको काममा लगाउन निर्देशन दिनु भएको छ । आइतबार तुलसीपुरमा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्य सँगको छलफलमा महासचिव पोखरेलले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने बताउनुभयो ।
,नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन् ।, पोखरेलले भन्नुभयो-झविदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस् ।, विदेशमा रहेको केही युवा जमातले दलहरू प्रति बिषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सहि राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताउनुभयो ।
एमालेले ४० बर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाई जोड्नेगरी प्रभावकारी योजना निर्माण गरिने बताउनुभयो ।
