• ट्रेण्डिङ्ग :
सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छ : मुख्यमन्त्री आचार्य

सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छ : मुख्यमन्त्री आचार्य


  • 2.7K
    SHARES
    • आश्विन ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.2K Views

    सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छ : मुख्यमन्त्री आचार्य

    दाङ ६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफू नेतृत्वको वर्तमान  सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कठोर भएर निर्णयहरु गरेर अघि बढेको बताउनु भएको छ ।

    images

    नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश भित्रका केन्द्रीय सदस्यहरुको दाङको तुलसीपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नयाँ सरकार बनेको ६० दिनमा सुशासन, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयास र निर्णय बारे जानकारी गराउनु भएको छ । 

    सुशासनका लागि सरकारले महत्त्वपूर्ण निर्णयहरु गरेर निर्मम कदमहरु चालेको बताउनु भयो। पूर्व बिशिस्ट व्यक्तिको सेवासुविधा खारेज गर्यौं । यो निर्णयले जनतामा आशा जगाएको छ,उहाँले भन्नुभयो-मुख्यमन्त्री, मन्त्रीहरुलाइ आचारसंहिता लगायौं । मुख्यमन्त्री र मन्त्रीहरुलाइ जवाफदेही बनाउने काम गरिएको छ । 

    योजना कार्यान्वयनमा देखिएको बेथिति रोक्न प्रतिस्पर्धाबाटबाट योजना कार्यान्वयन गर्ने नीति अवलम्बन गरेकाले यसले सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । योजना किनवेच हुनेमा केही सत्यता छ । आर्थिक मामिला मन्त्री हुदा योजनामा हुने बदमासी थाहा भयो । अहिले मुख्यमन्त्रीको जिम्मेवारीमा हुदा पाँच लाख भन्दा माथिका सबै योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने निर्णय गरिएको होझमुख्यमन्त्री आचार्यले भन्नुभयो-पालिकामा पठाएको ससर्त, बिशेष र समपुरक योजना पनि कार्यान्वयन गर्दा प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने भनेर परिपत्र गरिसकेका छौं । 

    यस्तै मुख्यमन्त्री आचार्यले चालू आर्थिक बर्षमा विनियोजन भएको बजेट इमानदारी पूर्वक  कार्यान्वयन गरिने जानकारी दिनुभयो ।, म आर्थिक मामिला मन्त्री हुदा ल्याएको बजेट हो ।  चालु खर्च घटाउने र पुजीगत खर्च बढाउने गरि बजेट ल्यायौं । त्यहीँ बजेट कार्यान्वयन हुन्छ ।, चालू खर्चमा २ अर्व २९ करोड घटाउने र पुँजीगत तर्फ १ अर्व ३२ करोड बढाउनेगरी बजेट आएको थियो ।


    तेस्रो आँखा