• ट्रेण्डिङ्ग :
मुख्यमन्त्री थारु संग्रहालयमा

मुख्यमन्त्री थारु संग्रहालयमा


  • 4.1K
    SHARES
    • आश्विन ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.3K Views

    मुख्यमन्त्री थारु संग्रहालयमा

    दाङ, ६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका(३ चखौरा स्थित थारु सांस्कृतिक संग्राहलयको अवलोकन गर्नु भएको छ।

    images

    पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयोग हुदै आएका तर, हाल लोप हुने अवस्थामा पुगेका बस्तुहरु संरक्षण गरेर राखिएको छ । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको यो संग्राहलयमा थारु समुदायको जन्म, मृत्यु, विवाह लगायतका संस्कार संग जोडिएका परम्पराहरुलाइ चित्र, मुर्ति, गरगहना, भेषभुषाबाट चित्रण गरिएको छ ।

    पछिल्ला दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिको सोधकर्ताहरुको आकर्षणको थलो बन्दै गएको छ ।  विद्यार्थीहरु थारु समुदायको संस्कार अध्ययन गर्न आउने गरेको  थारु सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिनुभयो । संग्रहालय अवलोकन गर्न भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा लगायतको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2024-09-22 at 5.00.50 PM.jpeg


    तेस्रो आँखा