तुलसीपुर ७ असोज । नेकपा एमाले तुलसीपुर नगर कमिटीको अध्यक्षमा रुप बहादुर खत्री चयन हुनु भएको छ । उहाँ सर्वसम्मत रुपमा अध्यक्ष पद्मा चयन हुनु भएको हो । त्यसैगरी अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको छ ।
जस्को उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा जित बहादुर खड्का, उपसचिवमा मानबहादुर केसी, रेवती बिक चयन हुनु भएको छ । ८५ सदस्यीय रहेको नगर कमिटीमा ८१ जना निर्वाचन प्रक्रियाबाट चयन भएका हुन् भने ४ जनालाई पछि मनोनित गरिने भएको छ ।
