• ट्रेण्डिङ्ग :
कांग्रेस इतिहास बोकेको पार्टी हो : सभापति पुन

कांग्रेस इतिहास बोकेको पार्टी हो : सभापति पुन


  • 3.6K
    SHARES
    • आश्विन ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.5K Views

    कांग्रेस इतिहास बोकेको पार्टी हो : सभापति पुन

    रोल्पा, ७ असोज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेस देशको सबै भन्दा ठूलो, पुरानो र इतिहास बोकेको पार्टी भएको बताउनु भएको छ । नेपाली कांग्रेस माडी गाउँपालिका रोल्पाले आयोजना गरेको पालिका स्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार घर्तीगाउँमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । 

    images

    प्रदेश सभापति पुनले नेपाली कांग्रेस नेपालको सबै भन्दा पुरानो र इतिहास बोकेको पार्टी भएको धेरै नेता तथा कार्यकर्ता भएको समेत बताउनुभयो । नेपाली कांग्रेसमा धेरै भातृ तथा शुभेच्छुक संस्था भएको दाबी गर्दै उहाँले ती संस्थाहरु चलायमान गराउन लुम्बिनी प्रदेशमा आफू सफल भएको दावी गर्नुभयो। 

    IMG_0285.jpeg

    रोल्पामा नेपाली कांग्रेस जोगाउन धेरैको महत्त्वपूर्ण योगदान रहेको र आज यो स्थान सम्म नेपाली कांग्रेस आउनु सबै योगदान रहेको समेत बताउनुभयो। पार्टीलाई बलियो बनाउन गुटको अन्त्य हुनुपर्ने उहाँको धारणा रहेको थियो ।

    संगठन विस्तारका लागि नेपाली कांग्रेस रोल्पामा एक भएर अगाडि बढ्नेपर्ने उहाँको धारणा रहेको थियो । कांग्रेसमा आवद्ध सबै एक जुट हुने हो भने रोल्पामा आगामी चुनावमा अहिले असफल भएका वडा, पालिकामा सफल हुन सकिने समेत दाबी गर्नुभयो ।


    तेस्रो आँखा