• ट्रेण्डिङ्ग :
डिजिटल साक्षरता अपरिहार्य गिरी

डिजिटल साक्षरता अपरिहार्य गिरी


  • 2.8K
    SHARES
    • आश्विन ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    डिजिटल साक्षरता अपरिहार्य गिरी

    दंगीशरण, ८ असोज । अहिलेको समय डिजिटल युगको रहेकाले डिजिटल साक्षरता अपरिहार्य रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनु भएको छ । समय र आर्थिक सदुपयोग गरी घरमै बसेर डिजिटल र वित्तीय शिक्षाको फाइदा लिनुपर्ने उहाँले बताउनु भयो। अहिलेको समयमा योग्यता मात्र हासिल गरेर नहुँने भन्दै उहाँले डिजिटल साक्षर हुन आवश्यक रहेको बताउनुभयो। 

    images

    जर्सी ओभरसिजको आर्थिक सहयोग, डिप्रोक्स नेपाल र प्रेक्टिकल एक्सनद्वारा संचालित समुन्नति डिजिटल फाइनान्सको माध्यमबाट महिला कृषक सशक्तीकरण परियोजनाको तेस्रो चरणको वित्तीय शिक्षा र डिजिटल साक्षरता सम्बन्धी तालिमको समापन गर्दै उहाँले यस्तो बताउनु भएको हो । दंगीशरण गाउँपालिका वडा नं. ३,४,५ र ६ का १९ वटा समुहमा संचालित परियोजनाले सामुहिक रुपमा समापन कार्यक्रम गरेको हो ।

    IMG20240923135153_01.jpg

    समापन अवसरमा बोल्दै समुन्नति परियोजनाका सयोजक अमित दुवाडीले दंगीशरण गाउँपालिकमा रहेर तेस्रो चरणसम्म आइपुग्दा त्यहाँका दलित, बिपन्न बर्गका महिलाहरु डिजिटल साक्षर भएको देख्दा आफु निकै हर्षित भएको बताउनुभयो । अहिलेको समय डिजिटलको समय रहेकाले आफुहरुको ग्रामीण दुरदराजका महिलाहरुलाई डिजिटल साक्षर बनाउने प्रमुख उदेश्य रहेको संयोजक दुवाडीले बताउनु भयो ।

    यस्तै प्रेक्टिकल एक्सनका कार्यक्रम अधिकृत शिवलाल शर्माले सिकेको कुरालाई पुर्णरुपमा व्यवहारमा लागु गरिदिन सहभागीहरुलाई आग्रह गर्नुभयो । आफुले काम गर्ने क्रममा केही समस्या भए नजिकै टोलछिमेकमा रहेका प्रशिक्षकहरुको सहयोग लिन सकिने बताउनुभयो । सिकेको कुरालाई दैनिक रुपमा प्रयोगमा ल्याए मात्र सिकेको सिपमा वृद्धि हुने उहाँको भनाई थियो ।

    कार्यक्रमम बोल्ने अधिकांश सहभागी बक्ताहरुले समय सान्दर्भिक कार्यक्रम रहेको र मिल्छ भने आगामी दिनमा पछाडि परेका महिला दिदीबहिनीको लागि अझै यस्तै कार्यक्रम ल्याउन आग्रह गरेका थिए । 


    तेस्रो आँखा