मोरङ ८ असोज । मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका वडा नं. ९ धनजुवामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो करिब पौने १ बजेको समयमा परेको चट्याङ लागेर २८ वर्षीया साकरो हेमरनको मृत्यु भएको प्रहरीले बर्ताएको छ । दिउँसो खेतमा घाँस काटिरहेको अवस्थामा हेमरनउपर चट्याङ परेको थियो । उनीनजिकै रहेकी २२ वर्षीया विनिता हेमरन घाइते भएकी छन् ।
