• ट्रेण्डिङ्ग :
चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार काम गर्नुहोस् : सभापति पुन

चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार काम गर्नुहोस् : सभापति पुन


  • 3.6K
    SHARES
    • आश्विन ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार काम गर्नुहोस् : सभापति पुन

    रोल्पा, ८ असोज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिङ पुनले चुनावको प्रतिबद्धताअनुसार काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ । नेपाली कांग्रेस सुकिदह गाउँपालिका रोल्पाले आयोजना गरेको पालिका स्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार सुखाओडारमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

    images

    “जनताले विश्वास गरेर तपाईहरुलाई चुनाव जिताउनु भयो, चुनावमा जनतासामु गरेको बाचा, घोषणपत्र र प्रतिबद्धता बमोजिम काम गर्नुस्” पुनले स्थानीय सरकारलाई आग्रह गर्नुभयो । नेपाली कांग्रेसको संगठनलाई राम्रो गराउन गाउँ गाउँमा पुगेर स्थानीयसँग भेटघाट गर्न पार्टीका नेताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

    “तपाईंहरु एक ठाउँमा मात्र आत्मनिर्भर नबन्नुहोस्, गाउँमा गएर त्यहाँ के छन् समस्या त्यसलाई बुझेर जनप्रतिनिधि र कार्यकर्ता बीच छलफल गर्नुहोस्, अनि मात्र जनताका के के समस्या रहेछन् भन्ने थाहा हुन्छ” सभापति पुनले भन्नुभयो । नेपाली कांग्रेसको संगठनलाई सशक्त बनाउन नेतृत्व र कार्यकर्ता बीच बेला बेलामा भेटघाट र छलफल हुन आवश्यक रहेको बताउनुभयो ।

    अहिले रोल्पामा सहरी विकास कार्यालय, कृषि कार्यालय, पूर्वाधार कार्यालय, खानेपानी कार्यालय, विद्युत कार्यालय लगाएतका कार्यालयहरु रहेको बताउदै, सभापति पुनले अब केहि दिनमा रोल्पामा पर्यटन कार्यालय पनि स्थापना हुने दाबी गर्नुभयो। साथै उहाँले यहाँका खानेपानी, सडक, विद्युत विकास निर्माण कार्यको फाइल पठाउन समेत आग्रह गर्नुभयो।

    मदन भण्डारी राजमार्गका लागि अहिले सर्भे गर्ने काम भैरहेको बताउदै, सभापति पुनले समयमा काम अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो।


    तेस्रो आँखा