• ट्रेण्डिङ्ग :
श्रीलंकामा संसद विघटन

श्रीलंकामा संसद विघटन


  • 2.4K
    SHARES
    • आश्विन ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.8K Views

    श्रीलंकामा संसद विघटन

    एजेन्सी ९ असोज । श्रीलंकामा संसद विघटन भएको छ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका हुन् । साथै दिशानायकेले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् ।

    images

    शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । तर २२५ सदस्यीय संसदमा उनको दल नेशनल पिपुल्स पावर (एनपीपी)का तीन जना मात्र सांसद थिए ।

    राष्ट्रपति दिशानायकेले मंगलबार आफ्नो दलका सांसद डा। हरिनी अमरासूर्यलाई प्रधानमन्त्री र विपथा हेराथ मन्त्री बनेका छन् । लगत्तै मंगलबार मध्यरातबाट लागू हुने गरी उनले संसद भंग गरेका हुन् । श्रीलंकाको संविधानले राष्ट्रपतिलाई त्यो अधिकार दिएको छ ।

    साथै १४ नोभेम्बर २०२४ मा संसदका लागि निर्वाचन हुनेछ । ४ अक्टोबरबाट उम्मेदवारी दर्ता हुनेछ । निर्वाचनबाट आउने नयाँ संसदको पहिलो बैठक २१ नोभेम्बर २०२४ मा बस्ने तय भएको छ ।

     


    तेस्रो आँखा