• ट्रेण्डिङ्ग :
विधि र विधान बमोजिम कांग्रेस अगाडि बढेको छ : सभापति पुन

विधि र विधान बमोजिम कांग्रेस अगाडि बढेको छ : सभापति पुन


  • 4.2K
    SHARES
    • आश्विन ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.5K Views

    विधि र विधान बमोजिम कांग्रेस अगाडि बढेको छ : सभापति पुन

    रोल्पा, ९ असोज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमसिङ पुनले नेपालको संविधानको जस्तै विधि र विधान बमोजिम नेपाली कांग्रेस अगाडि बढेको बताउनु भएको छ । 

    images

    नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका रोल्पाले आयोजना गरेको पालिका स्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार जुगार नेर्पामा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । 

    नेपालको संविधानमा रहेको जस्तो व्यवस्था नेपाली कांग्रेसमा पनि रहेकोले विधि, विधान र विधेयक बमोजिम पार्टी अगाडि बढ्ने सभापति पुनले बताउनुभयो । उहाँले नेता, कार्यकर्तालाई पार्टीको बिधान बमोजिम चल्न निर्देशन समेत दिनुभयो ।

    निरन्तर छलफल तथा बैठकले नेपाली कांग्रेसको वडा,पालिका, जिल्ला, प्रदेश र केन्द्रमा संगठन निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

    नेता, कार्यकर्तालाई प्रशिक्षण दिदै उहाले पार्टीलाई चलायमान गराउन सथै जनताको सामु जान अनुरोध गर्नुभयो ।


    तेस्रो आँखा