• ट्रेण्डिङ्ग :
कालीगण्डकी करीडोर : जोमसोम–कागबेनी खण्डमा कालोपत्रे

कालीगण्डकी करीडोर : जोमसोम–कागबेनी खण्डमा कालोपत्रे


  • 2.8K
    SHARES
    • आश्विन ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    कालीगण्डकी करीडोर : जोमसोम–कागबेनी खण्डमा कालोपत्रे

    म्याग्दी, ११ असोज । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्रे भएको छ ।  

    images

    जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु। २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

    बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागार्इंले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । 

    जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ । 

    पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा  ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुभयो ।


    तेस्रो आँखा