काठमाडौँ, ११ असोज । अबिरल परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन सकेका छैनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार जनकपुर, भैरहवा, सिमरा र धनगढीमा उडान भएपनि बाँकी विमानस्थलमा खराब मौसमका कारण उडान हुन नसकेको हो ।
बुधबार रातीदेखि परेको अबिरल वर्षाका कारण पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् भने अन्य विमानस्थल दिउँसोपख मौसम खुलेमा उडान हुन सक्ने बताईएको छ ।
