• ट्रेण्डिङ्ग :
समतामुलक समाज निर्माण गर्न पुरानो मान्यता त्यागौं : मुख्यमन्त्री आचार्य

समतामुलक समाज निर्माण गर्न पुरानो मान्यता त्यागौं : मुख्यमन्त्री आचार्य


  • 5.1K
    SHARES
    • आश्विन ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.9K Views

    समतामुलक समाज निर्माण गर्न पुरानो मान्यता त्यागौं : मुख्यमन्त्री आचार्य

    दाङ ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाज रुपान्तरण र सिमान्तकृत समुदायको सशक्तीकरणका लागि प्रदेश सरकारले प्रभावकारी भूमिका निभाउने बताउनु भएको छ । दलित महिला संघ फेडोको आयोजनामा दाङको लमहीमा भएको दलित महिला सशक्तीकरण र समावेशिकरणको सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सिमान्तकृत वर्गलाई राज्यको मुलधारमा ल्याउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भएको हो ।

    images

    वर्गिय रुपमा कार्यक्रमलाइ केन्द्रित गरिनुपर्छ,उहाँले भन्नुभयो-समाज रुपान्तरण, सामाजिक न्यायको लागि पुरानो मानसिकता ताग्नुपर्छ । दृष्टिकोणमा परिवर्तन आयो भने विभेद पनि उन्मुलन हुन्छ । सरकारले समाज रुपान्तरणका लागि जागरण अभियानमा हाम्रो साथ छ ।,कार्यक्रममा समग्र विकासको अवरोध, जातिय तथा लैंगिक विभेद रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

    संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव रेणु सिजापतीले विभेद, उत्पिडन उन्मुलनको लागि संविधानको पूर्ण कार्यान्वयन जोड दिनुभयो ।संघका संस्थापक अध्यक्ष दुर्गा सोवले दलित समुदायले अहिले पनि अन्यायपूर्ण जीवन बिताउन बाध्य हुनुपरेको बताउदै मान्छे भएर बाच्न पाउने अनुभुती दिलाउन सरकारलाई आग्रह गर्नु भयो । उहाँले छुवाछूतको मानसिकता अझै हट्न नसकेको टिप्पणी गर्नुभयो ।

    नेपालको संविधान २०७२ ले दलित महिलाहरूको हक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण प्रावधानहरू राखेको छ । स्थानीय तहमा कम्तिमा एक जना दलित महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ । कार्यक्रमको सहजीकरण संघमा दाङ जिल्ला अध्यक्ष युवा कराराले गर्नु भएको थियो ।


    तेस्रो आँखा