• ट्रेण्डिङ्ग :
पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु


  • 2.8K
    SHARES
    • आश्विन १२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

    पाँचथर, १२ असोज । पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।

    images

    पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


    तेस्रो आँखा