तुलसीपुर, १२ असोज । लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पर्यटन क्षेत्रलाई उद्योगसँग जोडन आग्रह गर्नुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाको पहिलो बार्षिक उत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै उहाँले कृषि र पर्यटन पनि एउटा उद्योग भएकाले यसलाई उद्योगसँग जोडनुपर्ने बताउनुभयो । धेरै महिलाहरु नै उद्यमी, महिलाहरुले नै व्यवसाय संचालन गरेका लुम्बिनी प्रदेशको डाटाले देखाउछ, अधिकाँश पुरुषहरु विदेशिनु भएको छ, स्वदेशमा भएका युवाहरु राजनीतिमा व्यस्त छन, मन्त्री न्यौपानेले भन्नुभयो, स्वदेशमै केही गरौ भन्ने भावना सबैमा हुनुपर्छ । केहीले छिल्लिकोटमा होमस्टे सञ्चालन गर्नु भएको छ, त्यहा १० देखि १५ जनाले रोजगारी पाउनु भएको छ, मन्त्री न्यौपानेले भन्नुभयो यसलाई अझै विस्तार गर्न राज्यबाट पहल गर्ने गर्छौ ।
सरकारले घरेलु मार्फत तालिम दिनको लागि बजेट छुट्याइएको भएपनि योग्यता अनुसारका जनशक्ति नपाईने भएकोले योग्यता क्रम घटाएर तालिम दिनुपरेको बताउनुभयो । मन्त्री न्यौपानेले प्रदेशबाट बनेको विधेयकमा घरेलु सम्बन्धी दिईने तालिमहरुमा शैक्षिक योग्यता नभएकाको हकमा घटाएर तालिम दिने व्यवस्था गरि ऐन संसोधनलाई पेस गरेको बताउनुभयो ।
साना उद्योगहरुले चाहदा चाहदै पनि काम गर्न असहजता भएका बिषयहरुलाई सच्याएर ऐन संसोधन गरेको मन्त्री न्यौपानेले बताउनुभयो । उहाँले उद्योगीहरुले बन्द हुने अवस्थामा रहेका उद्योगहरुको पहिचान गरि, के कारणले उद्योग बन्द हुने अवस्थामा पुगे भन्ने विषयमा सरकारसँग कुरा राखेमा आफुहरुले उद्योग सञ्चालनको लागि पहल गर्ने बताउनुभयो ।
कुन जिल्लामा कुन कुराको आवश्यकता छ, त्यहाँका उद्योगीहरुले कुन तालिम लिन चाहान्छ ? त्यस तालिमबाट सुन्ताष्टि हुन्छ ? भन्ने कुराको बारेमा स्थानीयतहले र वडा सरकारले छलफल तथा पहिचान गर्ने हो भन्ने उद्योग क्षेत्रमा योग्दान पुग्ने बताउनुभयो । गाउँमा युवा नै नभेटेने समस्या अन्त्य गर्नुपर्छ, तपाईं हामी मिलेर सहकारिताको सिद्धान्तमा आधारित रहि छलफल गरौ मन्त्री न्यौपानेले भन्नुभयो ।
व्यापारीले उत्पादन गरेका वस्तुहरु स्थानीय, जिल्ला र राष्ट्रियस्तरका बजारसंग समन्वय गरेर बिक्री गर्ने जिम्मेवारी सरकारको भएको उहाँले बताउनुभयो । सरकार प्रतिनिधि तथा कर्मचारीहरुले स्थानीय उत्पादनलाई आफै उपभोग गर्न आवश्यकता छ । साच्चिकै समस्या काहा छ, भनी पहिचान गरि काम गर्ने हो भन्ने लुम्बिनी प्रदेशको विकास गर्न, आर्थिक परिवर्तन, सामाजिक तथा अन्य लगायतका क्षेत्रमा सफल लुम्बिनी बन्नसक्छ र यो कार्य गर्न सरकार प्रतिबद्ध रहेको छ ,मन्त्री न्यौपानेले भन्नुभयो ।
स्थानीय सरकारले युवा बिदेश जानबाट रोक्नुपर्ने छ र युवाको आवश्यकता बुझेर लुम्बिनी सरकारलाई भन्नुभयो, भने त्यो कार्यमा हामी पहल गर्छौं । अबको १० बर्षपछि सबै युवा विदेशएका हुन्छन् र गाउँमा बुद्ध,बृद्धामात्रै हुने समस्या आउनबाट रोक्न उहाँले आग्रह गर्नुभयो ।
