• ट्रेण्डिङ्ग :
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रथम बार्षिक साधारणसभा

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रथम बार्षिक साधारणसभा


  • 2.5K
    SHARES
    • आश्विन १२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.9K Views

    नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रथम बार्षिक साधारणसभा

    तुलसीपुर १२ असोज । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाको प्रथम वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा शनिबारकार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री न्यौपानेले पर्यटनलाई उद्योगसँग जोड्न आग्रह गर्नु भएको थियो ।

    images

    कार्यक्रमका विशिष्ट अतिथी तुलसीपुर उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख माधव वलीले आशा भन्ने शब्दले जहिले पनि सफल बाटो तिर लैजाने बताउनुभयो । विदेश गएका युवाले फोन र कारमा चढेको फोटो हाल्दा स्वदेशमा भएका युवालाई विदेशीने रहर जागेको बताउनुभयो । बाह्य उत्पादन भन्दा स्थानीय उत्पादनको उपभोग गर्ने र बिशेष गरि महिला दिदिबहिनीलाई व्यवसायमा अग्रसर बनाउनका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले हाइमास्ट लाईट केही समयपछि विद्युत जडान गरि बाल्ने जानकारी गराउनुभयो ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लाल बहादुर केसीले आम नेपालीका बिचमा उत्पादन बस्तुहरुको व्यापार संगठन गराउनका लागि संस्था स्थापाना भएको बताउनुभयो ।  कार्यक्रममा तुलसीपुर खानेपानी सरसफाइ तथा संस्थाका अध्यक्ष यमकान्त भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संधको सहकोषाअध्क्ष दिपेश भण्डारी लगायतले बोल्नु भएको थियो ।  

    WhatsApp Image 2024-09-28 at 4.04.47 PM.jpeg


    तेस्रो आँखा