• ट्रेण्डिङ्ग :
सबैभन्दा बाक्लो हिमनदी वैज्ञानिकहरूले पत्ता लगाए

सबैभन्दा बाक्लो हिमनदी वैज्ञानिकहरूले पत्ता लगाए


  • 2.1K
    SHARES
    • आश्विन १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.3K Views

    सबैभन्दा बाक्लो हिमनदी वैज्ञानिकहरूले पत्ता लगाए

    वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन् ।

    images

    चाइनिज एकेडेमी अफ साइन्सेस (सीएएस) का शोधकर्ताहरूका अनुसार लगभग चार सय मिटरको अधिकतम मोटाई भएको बरफ क्षेत्र दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सोनी काउन्टीको पुरोग काङ्गरी ग्लेशियरको हिस्सा हो ।

    ग्लेशियरहरूले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी समावेश गर्दछन् । यसअघि वैज्ञानिकहरूले गुलियाबाट तीन सय आठ दशमलव छ मिटरको बरफको कोर ड्रिल गरेका थिए । यो सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको थियो ।

    वैज्ञानिकहरूले हाल पुरोग काङ्गरी ग्लेशियरबाट बरफको कोर निकालिरहेका छन् । उनीहरूले यो पुरानो बरफ रहेको विश्वास गरेका छन् ।

    'वर्तमानमा विश्वभरका हिमनदीहरू पग्लिँदै गएका छन् । एक पटक तिनीहरू पग्लिएपछि तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउनेछन्', सीएएसका विदेशी शिक्षाविद् र अमेरिकन एकेडेमी अफ साइन्सेसका सदस्य लोनी थम्पसनले भने, 'त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकाल्नु र संरक्षण गर्नु महत्त्वपूर्ण छ ।'


    तेस्रो आँखा