काठमाडौं, १४ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग प्रधानमन्त्रीले छलफल अघि बढाएपछि प्रचण्ड र माधव नेपालको सातो गएको बताएका छन्।
शनिबार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले साे बताएका हुन्।
‘हामीसँग कांग्रेसले कुरा गरेको थाहा पाएपछि उनीहरुको सातो गयाे,’ ओलीले भने ‘हिजो प्रचण्ड र माधवले प्रधानमन्त्रीलाई एमसीसी पास गर्छौं गठबन्धन नटुटाउनुस् भनेछन्।’
एमालेले राष्ट्रिय हित, जनताको हित र अन्तर्राष्ट्रिय सम्बन्ध तमाम कुरा हेरेर मात्र उचित निर्णय गर्ने उनकाे भनाइ छ । उनले आफूहरुलाई सत्ता गठबन्धनले संसदमा सहभागी हुन नदिएको आरोपसमेत लगाए ।
त्यस्तै, एमसीसी प्रचण्डका कारण अहिलेसम्म संसदमा रोकिएको उनले आरोप लगाए। एमसीसी आफूले जस लिनका लागि प्रचण्डले रोकेको उनकाे आरोप छ ।
