• ट्रेण्डिङ्ग :
ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउँछन् - नेपाल

ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउँछन् - नेपाल


  • 5.6K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउँछन् - नेपाल

    काठमाडाैं, १४ फागुन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन्। 

    images


    शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले त्यस्ताे आराेप लगाएका हुन्। 

    नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इन्डो-प्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबीसमेत गरे।

    ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो–प्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए।

     


    तेस्रो आँखा