• ट्रेण्डिङ्ग :
एमसीसी पास भएपछि पनि एमालेसँग सहकार्य हुन सक्छ : डा.काेइराला

एमसीसी पास भएपछि पनि एमालेसँग सहकार्य हुन सक्छ : डा.काेइराला


  • 6.5K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    एमसीसी पास भएपछि पनि एमालेसँग सहकार्य हुन सक्छ : डा.काेइराला

    काठमाडाैं,१४ फागुन । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले एमसीसीको विषय संसदबाट टुंगो लागेपछि पनि नेकपा एमालेसँग गठबन्धन बन्न सक्ने बताएका छन् । एमसीसी संसदबाट पास भएपछि पाँच दलिय गठबन्धनको सरकार रहने नरहने कुरामा आशंका व्यक्त गरे ।

    images

    उनले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए। कोइरालाले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताए।

    कोइरालाले भने–‘सत्ता ध्रुवीकरणको अवस्था किन सिर्जना भयो भने शेरबहादुरजीको हिसावले सोच्ने हो भने उहाँको दुई वटा बाटो छ, एउटा एमसीसी पास गराउने, अथवा गठबन्धनलाई बरकरार राख्ने। उहाँको अन्तिम प्रयास एमसीसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ। त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ। यसमा दुई तिहाई चाहिँदैन।'

  • सम्बन्धित विषय:

  • # नेपाली

  • तेस्रो आँखा
    लेखकबाट थप