• ट्रेण्डिङ्ग :
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त


  • 3.2K
    SHARES
    • आश्विन १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.0K Views

    बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

    काठमाडौँ, १६ असोज । साउदी अरेबियाका राजा सल्मान तथा प्रधानमन्त्रीसमेत रहनुभएका साउदी राजकुमार मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेललाई पठाउनुभएका अलग–अलग दुई सन्देशमा नेपालले पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाउने विश्वास व्यक्त गर्दै साउदी अरबले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    यसैबीच, नेपालस्थित साउदी राजदूतावासले प्रकाशन गरेको सन्देशमा बाढीपहिरोमा परी कयौँ व्यक्तिको मृत्यु भएकाप्रति श्रद्धाजञ्ली अर्पण गर्दै घाइतेको उपचार तथा उद्धार र राहतमा नेपाल सरकार र जनताप्रति साउदी अरबको ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरिएको छ । 


    तेस्रो आँखा