• ट्रेण्डिङ्ग :
झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु


  • 3.6K
    SHARES
    • आश्विन १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.5K Views

    झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    झापा, १७ असोज । हात्तीको आक्रमणबाट दक्षिण झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको हो । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

    झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ ।


    तेस्रो आँखा